हबिब बैंकलाई हिमालयनमा रहेको सेयर बिक्रिको अनुमति दिइएको हो ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडमा पाकिस्तानी बैंक हबिबको ठूलो हिस्सा सेयर रहेको छ । उक्त सेयर बिक्रि गर्न पाकिस्तानी बैंक लामो समयदेखि कुरिबसेको थियो ।

अब भने बिक्रि अनुमति पाएको छ । हिमालयन बैंकका अनुसार अब सबै प्रक्रिया टुंगिएको छ । विभिन्न चरणमा काम हुने भएकोले समय लागेको देखिएको छ । यद्यपि अब भने राष्ट्र बैंकले लगभग अन्तिम चरणमा काम पुर्याइ अनुमति प्रक्रिया टुंग्याएको हो ।

हिमालयन बैंकका अनुसार पाकिस्थानी बैंक बाहिरिने पक्का भएको हो ।

पाकिस्तानी बैंक हबिबले हिमालयन बैंकमा रहेको करिव १२ प्रतिशत सेयर अर्थात् २ करोड ८० लाख १२ हजार ४४६ कित्ता सेयर बिक्री गर्न नेपाल राष्ट्र बैंकसँग सहमति मागेको थियो । १३० रुपैयाँका दरले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई ३ अर्ब ६४ करोड रुपैयाँमा उक्त सेयर खरिद–बिक्री गर्ने सम्झौता सम्पन्न गरिसकेको छ ।

सेयर खरिद बिक्रीका लागि नियमन निकायको स्वीकृति आवश्यक भएकाले हिमालयन बैंकले स्वीकृतिको लागि राष्ट्र बैंकमा पत्र पठाएको थियो ।

सोहि अनुसार सुरुमा राष्ट्र बैंकले आनाकानी गरे पनि पछि भने प्रस्तावमा सहमति जनाएको छ ।
सेयर खरिद गर्ने कम्पनी अर्थात् हिमालयन रि इस्योरेन्स कम्पनी समेत नेपालको ठूला व्यपारिक घरनाहरुको संस्थापक सेयर रहेको छ ।

नेपालमा दुई वटा रि इस्योरेन्स कम्पनी रहेका छन् । जसमा नयाँ लाइसेन्स लिएर पनि राम्रो बिजनेश गरिरहेको हिमालयन रि इस्योरेन्सले हिमालयन बैंकको ठूलो सेयर हिस्सा ओगट्ने भएको छ ।

सिभिल बैंकलाई प्राप्ती गरेर अहिले हिमालयन बैंक अहिले मजबुत हुने बाटोमा अघि बढिरहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स