काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले आज सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको हो।
कोषले आठौं तह (प्रबन्धक) देखि पाँचौं तह (प्रमुख सहायक) सम्मका ३८ जना कर्मचारी माग गरेको हो ।
यसमा योग्यता पुगेका इच्छुक नेपालीले आज (चैत ८ गते) देखि २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।