मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा चैत २३ गते काठमाडौंको धुम्बाराहीमा रहेको रामदा होटलमा बिहान ११ बजे डाकेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओ जारी गरेपश्चात प्राप्त हुने पुँजीको उपयोग र अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा नियमनकारी निकायबाट कुनै विषयमा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।

प्रतिक्रिया

हेडलाइन्स