इजरायल जाने कामदारले यी पाँचवटा अस्पतालबाट कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दैे इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारमा जानेहरुका लागि खोप केन्द्र तोकेको छ । कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेका उमेदवारलाई खोप लगाउन सरकारले पाँचवटा अस्पताललाई केन्द्र तोकेको हो ।

जसअनुसार छनोट भएका उमेदवारहरले काठमाडौंका यी अस्पतालबाट खोप लगाउन सक्नेछन् :
१.वीर अस्पताल
२.निजामति सेवा अस्पताल
३. नेपाल प्रहरी अस्पताल
४. वीरेन्द्र सैनिक अस्पताल
५. सशस्त्र प्रहरीबल अस्ताल

खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको इजरायल शाखामा समर्पक गर्नुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स