काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रोभिजन कर्मचारी बोनस बापत ६ अर्ब भन्दा बढी रकम छुट्याएका छन् ।
चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा कर्मचारी बोनस बापत ६ अर्ब १२ करोड रकम छुट्याएका छन् ।
२० वटा वाणिज्य बैंकहरुले माघ मसान्त सम्ममा कर्मचारी बोनस बापत ५ अर्ब ५१ करोड रकम छुट्याएका नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।
त्यस्तैगरी, विकास बैंकहरुले कर्मचारी बोनस बापत ५४ करोड रकम छुट्याउँदा फाइनान्स कम्पनीहरुले ६ करोड मात्रै छुट्याएका छन् ।
नेपाल बैंक लिमिटेडले कर्मचारी बोनस बापत २१ करोड छुट्याँउदा वाणिज्य बैंकले ९ करोड रकम छुट्याएका छन् ।
त्यस्तै, नबिल बैंकले ६३, एनआइएमबी बैंकले ५४ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २९ करोड, हिमालयन बैंक लिमिटेडले २३ करोड र नेपाल एसबीआई बैंकले १८ करोड छुट्याएका छन् ।
एभरेष्ट्र बैंकले ४२ करोड, एनआइसी एसिया ७ करोड, माछापुच्छ्रे बैंक लिमिटेडले १५ करोड, कुमारी बैंकले १८ करोड, लक्ष्मी सनराईज बैंकले २५ करोड, सिद्धार्थ बैंकले १३ करोड, कृषि विकास बैंकले ६ करोड, ग्लोबल आइएमी बैंक ६० करोड बराबरको रकम कर्मचारी बोनस बापत छुट्याएका छन् ।
त्यस्तै सिटिजन्स बैंकले १४ करोड, प्राइम कर्मसियल बैंकले ३४ करोड, एनएमबी बैंकले ३६ करोड, प्रभु बैंकले ३५ करोड र सानिमा बैंकले २१ करोड कर्मचरी बोनस बापत छुट्याएको नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यंकले देखाएको छ ।