काठमाडौंका यी स्थानमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंका केही स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले फागुन २५ गतेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

उक्त निषेधाज्ञा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा जारी गरिएको छ ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स