छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौं । गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएको हो । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छु। त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,’ गृहमन्त्रीले भने ।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैं लागिपरेको छु,’ गृहमन्त्रीले भने ।

प्रतिक्रिया

हेडलाइन्स