मनकामना मन्दिरमा पर्व पूजाका लागि आएका पुजारी बज्राचार्यको हृदयघातबाट मृत्यु

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ ।

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौं महानगरपालिका–४ बल्खु का रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स