हल्ला भएजस्तो देखिएन बैंकको निष्क्रिय कर्जा, वाणिज्य बैंकको औषत एनपीएल ४.४९ प्रतिशत

काठमाडौं । यो वर्ष बैंकहरुको अवस्था निकै बिग्रदो स्थितिमा रह्यो भन्ने चर्चाहरु भैरहे । चालू आर्थिक वर्षको सुरुदेखि नै यो चर्चा थालनी भएको दोस्रो त्रैमासको अन्तिम सम्म आइपुग्दा निकै बहसमा ल्याइयो ।

आज बैंकहरुले आफ्ने वित्तिय अवस्था सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकहरुको निष्क्रिय कर्जा धेरै बढेको छैन ।

गत आर्थिक वर्षको ६ महिना र चालू आर्थिक वर्षको ६ महिनालाई नै तुलना गर्नेहो भने औषतमा करिब १ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको दोस्रोत त्रैमासमा ३ दशमलव ४० प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालू आर्थिक वर्षको ६ महिनामा ४ दशमलव ४९ प्रतिशत देखिएको हो ।

कुन बैंकको कति प्रतिशत ?

नबिल बैंक ४.९३

एनआईसी एशिया ४.६१

सानिमा बैंक ३.२२

सिद्धार्थ बैंक ४.५०

माछापुच्छ्रे बैंक ४.५४

कृषि विकास बैंक ४.४९

नेपाल एसबीआई बैंक ३.५५

एनएमबी बैंक ३.९६

कुमारी बैंक ६.९६

राष्ट्रिय वाणिज्य बैंक ४.९६

एनआईएमबी बैंक ५.८६

प्राइम कर्मसियल बैंक ४.९६

लक्ष्मी सनराइज बैंक ५.६७

सिटिजन्स बैंक ४.८५

नेपाल बैंक ४.९९

स्ट्याण्डर्ड चार्डर्ड बैंक १.७१

ग्लोबल आइएमई बैंक ४.८६

प्रभु बैंक ५.०६

हिमालयन बैंक ४.९८

एभरेष्ट बैंक ०.६६ प्रतिशत

प्रतिक्रिया

हेडलाइन्स