काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
गरिमा विकास बैंकको नाफा बढेसँगै खुद ब्याज आम्दानी २.२० प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुष मसान्तसम्म ७३ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ७८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
चालु आवको यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड, चुक्तापूँजी ५ अर्ब ६८ करोड र जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको ४.७२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.१६ रुपैयाँ रहेको छ ।