कोभिड-१९ बाट मृत्यु भएका हकवालाहरुलाई साढे एक करोड भुक्तानी

काठमाडौं । नागरिक लगानी कोषले कोभिड-१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड-१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज दुई लाखको चेक हस्तारण गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स