काठमाडौं । चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्यूइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैं आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रि पछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ केडब्लु ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० केडब्लु मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। नेटा भी छिटो २० मिनेटको चार्जमा ३०५ बाट ८०५ सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८०ं किमि दायरा छ र यो सीएटीएल का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०००० किमि वारंटी छ।
नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटीएल का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्स ले पनि ८ वर्ष वा १८०००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ। यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभी को रूपमा आकर्षक विकल्प बनाउँछ ि