तिब्बतमा ७.१ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौं बासी आतङ्कित, नेपाल, चीन, भारत तथा बंगलादेशमा महसुस

काठमाडौं  । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ः५२ बजे तिब्बतमा ३० सेकेण्डभन्दा बढी समय ७.१ म्याग्निच्युडको भूकम्प भएको हो । भूकम्प गएको उक्त स्थान चीन बाट २३ कि.मि टाढा पर्छ ।

भूकम्पको धक्का नेपाल बङ्लादेश, भारत, भुटान र चीनलगाएतका देशहरूमा गरिएको छ ।

काठमाडौं उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ ।

भूकम्पको धक्काले काठमाडौंवासी सडकमा निस्किएका छन्।

विगत केही समययता नेपालका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स