सीपयुक्त शिक्षा अहिलेको आवश्यकता

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरुलाई आग्रह गरे ।

घोराही उपमहानगरपालिका–१८ स्थित माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उनले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनाएको बताए । हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

‘एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो’, उनले । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स