सीएफ मोटोको ‘न्यू इयर, न्यू राइड’ योजना सार्वजनिक, ० प्रतिशत व्याजदरमै २५० एनके खरिद गर्न पाइने

काठमाडौं । सीएफ मोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तिय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई ० प्रतिशत व्याज दरमै २४ महिने सरल किस्तावन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सिमित अवधिका लागी लागू गरिएको यस योजना २०८१ पौष १६ गते देखि २०८१ माघ १८ गते सम्म लागु हुनेछ ।

न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्तावन्दी योजनाका सीएफ मोटोको २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाई छ । साथै, यस योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्दछ ।

कम्पनीको भनाई अनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत ० प्रतिशत ब्याजदरबाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ । बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ ।

कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरुलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका वाईकहरुको तालिम सीएफ मोटा चाइनाका ट्रेनरहरु मार्फत सन्चालन गरेको थियो ।

यसका साथै २५० एनके नगदमा खरीद गर्ने ग्राहकहरुलाई २५००० रूपैयाँ छुट, एक्सचेन्जमा ३०,००० रूपैयाँ थप मूल्यांकनको साथै फ्रि गिफ्ट, हेल्मेट, १ वर्षको लागी सीएफ मोटाको पार्टस खरीदमा १० प्रतिशत छुट समेत दिएको छ ।

सीएफ मोटोको २५० एनके मा २४९.५ सीसी को सिंगल सिलिन्डर इन्जिन दिईएको छ जसले २०.५ केडब्लु को म्याक्सिमम पावर र २२ एनएम को ट्रक उत्पादन गर्ने र यसमा Dual Channel ABS, 12.5 Litre sf] Fuel Tank Capacity, Electronic Fuel Injection (EFI), आकर्षक design तथा आधुनिक प्रविधि अपनाएको छ । जसले उक्त वाईकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ Upgraded ride को मज्जा लिन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स