काठमाडौं । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन पुस ११ र १२ गते भक्तपुर, बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रको भवनमा भव्यताको साथ सम्पन्न भएको छ ।
सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं भन्ने मूल नाराको साथ स्थापना भएको यस संगठनको चौथौ महाधिवेशनमा प्रमुख अतिथि ने.क.पा. माओवादी केन्द्रका उप(महासचिव तथा कर्मचारी फ्रयाक्सन ईन्चार्ज हरिबोल गजुरेल, विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठ, विशिष्ट अतिथि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय, विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय महासचिव प्रेम खनाल, अतिथि नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकी लगायत बैंक व्यवस्थापन तथा विभिन्न संघ संस्थाहरूबाट पालेका विभिन्न व्यतिmत्वहरूको दरिलो उपस्थिति रहेको थियो । साथै कार्यक्रमको सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सुवेदीले गरेका थिए ।
चौथो महाधिवेशनको समुद्घाटन कायक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि ने.क.पा. माओवादी केन्द्रका उप-महासचिव तथा कर्मचारी फ्रयाक्सन ईन्चार्ज हरिबोल गजुरेलले नेपालकै जेठो बैंक रहेको नेपाल बैंकले आफ्नो शाखः र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न अनुरोध गरे ।
शुभकामना मन्तव्यकै क्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको शसक्त प्रतिकार गरिने बताउँदै चौथो महाधिवेशनबाट चयन हुने केन्द्रीय समितिलाई कर्मचारी हकहितमा लाग्नको निम्ति शुभकामना व्यक्त गरे ।
यस्त,ै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गर्दै यस अधिवेशनबाट शसक्त र जुझारू केन्द्रीय समिति चयन होस् भन्ने शुभकामना व्यतm गरे ।
कार्यक्रमको सभाध्यक्ष गरेका नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सुवेदीले नेपाल बैंकलाई २०५८ सालकै अवस्थामा पुर्याउन हालको बैंक व्यवस्थापन उद्दत्त रहेको भन्दै संस्थागत सुशाषन कायम गर्न तथा समग्र कर्मचारीको वृत्तिविकासको लागि जस्तोसुकै अन्दोलन गर्न पछि नपर्ने तथा यो चौथो अधिवेशनको भव्य र विशाल उपस्थतिले आफु तथा संगठनलाई बैंक तथा कर्मचारी हकहितको निम्ति लाग्न थप उर्जा प्रदान गरेको बताए ।
सो समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकीले संगठनको भूमिकाहरूको बारेमा प्रकाश पार्दै आफ्नो शुभकामना मन्तव्य व्यक्त गरे ।
देशभरीबाट करिब ५०० जनाभन्दा बढी क्रियाशील सदस्यहरूको उपस्थितिमा दुई दिनसम्म चलेको सो अधिवेशनबाट अध्यक्ष गोविन्द प्रसाद सुवेदीको नेतृत्वमा महासचिव मोहन कु्मार श्रेष्ठ सहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १२५ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित भएका थिए ।