काठमाडौं । मैले इलेक्ट्रिक गाडीको बयान धेरै सुनेकी । मिडियादेखि आम जनमानसबाट करिव तीन चार वर्षमा इलेक्ट्रिक भेइकल नै अबको भविष्य हो भन्ने कुराहरु भैरहेको छ । तर, यसको पक्ष र विपक्षमा धेरै तर्क वितर्कहरु पनि समावेश छन् ।
कतिले यसको विरोध समेत गरेको मेरो कानमा ठोकिदै आएको थियो । म खासै अटो क्षेत्रलाई नै निगरानी त राखेको रिर्पोटर होइन । म पत्रकारिता सिक्दै छु । आर्थिक पत्रकारिता नै भविष्य छ भन्ने चाहि लागेको छ । आर्थिक पत्रकारिता भित्र पर्ने अटो विटसँग साक्षात्कार गर्ने मौका मिल्यो बीवाईडी ‘एम ६’ को टेस्ट ड्राइभबाट ।
बीवाईडीले एम ६ गाडी नेपालमा भित्र्याएको थियो । यसको आधिकारीक बिक्रेता कम्पनीले फरक तरिकाले सार्वजनिक गर्ने कार्यक्रम तय गरेछ । जसमा पत्रकारहरुलाई समेत समावेश गरेर काठमाडौंदेखि पोखरा ड्राइभ गराउने । जसमा म सहभागी हुने निधो भए ।
१० गते बिहानै नागपोखरी नजिक रहेको बीवाईडी कार्यालय पुग्नुपर्ने भनिएको थियो । पुसको जाडो बिहान ५ बजे नै उठेर म नक्साल जान तयार भए । बस्ने भक्तपुर नक्साल पुग्न अलि डाढा नै छ ।
भक्तपुरको मुख्य रोड आए । सबैतिर तुसारोले सेताम्मे छन् सडक छेउ । जाडो त यति छ की म आफैलाई पनि हिउँले ढाकिएकी छु जस्तो लाग्दैछ ।
भक्तपुरको कौशलटारमा धुलिखेल काठमाडौं नगर बस आयो । दायाँबायाँ नहेरी म चढे । कोटेश्वर झरेर त्यहाँ बाट फेरी नेपाल यातायत चढेर नक्सालसम्म पुगियो । सबैभन्दा चिसो हात खुट्टा र अनुहारमा भयो ।
बीवाईडीको शोरुम गाडीबाट झर्ने बित्तिकै रहेछ । सिधै गएँ । म अलि नयाँ भएकोले पनि धेरैलाई चिनिन । तर मैले चिनेका पनि हुनुहुन्थ्यो । चिनेका पत्रकारहरु पनि भएकोले यात्रा सहज हुने मनमनै सोचेँ ।
मान्छेहरु विस्तारै अलि अलि जम्मा हुँदै थिए । त्यहाँ बिहानको खाजा नास्ता खाइ सकेर हामी साढे ८ बजे नक्साल शोरुमबाट पोखरा जान बीवाईडीको एम ६को सेभेन सिटर गाडीमा ‘टिटिइइ…ट गर्दै निस्कियौं ।
गाडीमा कमला, अर्चना, निर्मला दिदीहरु हुनहुन्थ्यो । केटीहरु नै रहेकोले मलाई निकै सहज र रमाइलो नै महसुस हुँदै थियो ।
टोखाको बाटो हुँदै नुवाकोटबाट देखिने सुन्दर हिमालका मनोरम दृश्यहरुको मज्जा लिदैं, हास्दैँ, फोटो खिच्दै हिडिरहेका थियौँ । गाडी आरामदायी यात्राको लागि सजिलो भरपर्दो यात्रा गर्नको एम ६ निकै आकर्षण देखियो । कच्चि बाटो उकालो ओरालो सबैतिर सजिलोसँग जान र तान्न सक्ने रहेछ ।
बिवाईडी एम ६ मा ५५.४ र ७१.८ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहेछ । हामी गाडी चलाउने दाजुसँग पनि गाडीको विषयमा सोध्दै, बुझ्दै लागिरहेका थियौं । यसमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा १०० किलोवाटको मोटर जडान गरिएको रहेछ ।
ब्याट्रीले ४२० र ७१.८ किलोवाटको ब्याट्रीले ५३० किलोमीटर रेन्ज दिने डब्लुएलटिपिले प्रमाणित गरेको समेत रहेछ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम कारण कुनै कच्ची स्थानमा पनि भुई ठोकिएन ।
बीवाईडी एम ६ को लम्बाइ ४७१० एमएम चौडाइ १८१० एमएम र उचाइ १६९० एमएम छ । यसमा २८८०० एमएम लामो हिलवेस पाउन रहेछ ।
१२ दशमलव ८ इन्चको घुमाउन मिल्ने इन्फोटेन्मेन्ट डिस्प्ले रहेछ हामीले पछाडीबाट ती विषयको बारेमा सोधिरहेका थियौ । वायरलेस फोन चार्जिङ छ म आफूले पनि त्यहि चार्ज गरे ।
बीवाईडीको एड्भान्स लेभल २ एडास प्रविधि समावेश छ । साथै एलइडी टेलल्याम्प, न्यानारोमिक ग्लास,१७ इन्चको अल्लो हिल ट स्पिकर साउन्ड सिस्टम,भेहिकल टु लोड क्यापसिटी, ३६० डिग्री क्यामेरा जस्ता फिचर यहाँ भएको कारण गाडी चलाउन निकै सहज हुने विषयमा गुरुजीले बताउँदै हुनुहुन्यो । जसको साक्षी हामी यात्रु थियौं ।
बीवाइडी एम ६, १७ वटा कार सहित पोखरा हिडेको थियो । काठमाडौंबाट टोखाको बाटो हुँदै नुवाकोट निस्केर धादिङ हुँदै यात्रा अघि बढ्यो । बेनीघाटमा झन्डै ४ घण्टाको जाम पछि हामी कुरिनटारको बाह्रसिंगे होटलमा ४ बजे खाना खानको लागि रोकियौं । लामो जामको दिक्क लाग्दो दिन अनि पहराकाबीच कहलिलाग्दो दृश्यहरु हेरेर नरमाइलो लागिरहेको थियो ।
लामो यात्रा पछि हामी पोखरा पुग्यौ र त्यहाँ हामीलाई पोखराको वाटर फन्ट रिसोर्टमा राखियो ।
रुम बाट फ्रेस भएर बेलुकाको खानाका लागि तयार भयौं । हामीलाई लेक साइडको माथि द विच रेस्टुरेन्टमा लगियो । म त आफै नयाँ, लजाउँदै रक्सी पिएको गित गाउँदै गरेका कोहि नाच्दैँ गरेका एक छेउमा बसेर हेरिरहेँ। कुनाबाट एकएक नियाली रहेकी थिएँ ।
दोस्रो दिन बिहान ६ बजे होटलको रिसेप्सनबाट फोन आउछ । ब्रेक फास्टको लागि तयार भएर तल आउनु भनेर, हामी तयार भएर तल जान्छौँ र चिया नास्ता गरेर बीवाईडी एम ६ को नयाँ लन्च का लागि जान भनेर तयार हन्छौँ ।
त्यतिकैमा हामीलाई लिन बस आउँछ र हामी बस चढेर बेलुन फेस्टिबल मनाउन भनेर पामे फाँट गयौँ । त्यहाँ एक छिन यता यता हेर्यौ र फोटोहरु खिचे पछि एम ६ लन्च गरेर १०० वटा कारहरु ग्राहकलाई हस्तान्तरण गर्ने काम भयो र त्यहाँ बाट र्यालीमा निस्कियौं ।
१ः३० बजे पोखराको ग्रान्डीमा खाना खाएर हामी होटल बाहिर निस्कियौं । त्यस होटलको चौरमा एक छिन घाम तापेपछि हामीलाई आफु बसेको होटलसम्म छोड्न बस आयो हामी बस चडेर हिड्यौँ ।
बसबाट झरेर हामी फेवाताल गयौँ र ४ जनाको लागि भनेर १ घण्टाको लागि भनेर ८ सय २० रुपैयाँ डुंगा रिजर्भ गरेउ र हामी ताल बाराही मन्दिर दर्शन गर्यौं र त्यहाँबाट फेरी फर्कियौं । कति बेला १ घण्टा बितिसकेछ पत्तो नि पाइएन । ताल बाराही मन्दिरको आरति हेर्न जान भनेर ठिक परेका हामीहरुलाई बेलुन चड्न टिकेट दिएको छ फोन आयो । हामी सन्ध्यां आरती नहेरी फेरी होटल फर्कियौं र होटलको रिसेप्सनबाट टिकेट लिएर पामे फाटँ गयौँ ।
त्यहाँ कन्सर्ट सुरु भई सकेको थियो । र्फकीएर हामी खानाको लागि हामी बसेको भन्दा अलि माथि अर्को होटलमा गयौँ र त्या खाना खाना अर्डर गरेर खायौं । त्यस पछि होटल फर्कियौं । र सुत्यौ ।
तेस्रो दिन उठेर तयार भएर बिहानी नास्ताको लागि तयार भयौँ र नास्ता खाएर फेरी हामी फेवाताल हेरेर फर्कियौं ।
हामीलाई लिन १० बजे बस आयो र १०ः१५ मा काठमाडौंका लागि निस्कियौं । तनहँु बन्दिपुरको बाटो हुँदै आयौं । र बाह्रसिंगेमा २ बजे खाना खायौं । र त्या बाट निस्कीएर । र गल्छीको बाटो हुँदै सितापाइलामा आईपुग्यौ । त्यहाँबाट हामी आफ्नो वासस्थान तर्फ मोडियौं ।
यो यात्राले म आफुलाई धेरै कुरा सिकाएको छ । पहिलो विषय इलेक्ट्रिक गाडीको विषयमा जानाकारी दिएको छ । अर्को विषय बीवाईडी एम ६को विषयमा त सबै फिचर नै जानकारी दिएको छ । घुमाई र अन्य सिकाई त अतिरिक्त ज्ञान भएको छ ।