काठमाडौं । रोयल इन्फील्ड मोटरसाइकलको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले १२ कार्तिक देखि १० पौष (२८ अक्टुबर–२५ डिसेम्बर) सम्म अनलाइन सर्भिस कुइज कार्यक्रम गरेको थियो । विहिबार अल्फा अटोमोटिभले आफ्नो
वयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रको आयोजना गरी सो सर्भिस कुइजका ३ जना बिजेतालाई जनही एक–एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो र अनलाइन सर्भिस कुइजमा ६०० जानाले भाग लिएका थिए जसमध्ये ३ जनालाई लक्कि ड्र मार्फत पुरस्कृत गरिएको थियो । जसमा, सहभागिले फ्रि सर्भिस चेकअप, फ्री वासीब्गको सुविधा पाएका थिए ।
उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर न.पा काठमाडौका. रीतिज सापकोटा र काठमाडौ मैपिका सचिन आले रहेका छन् । पुरस्कार रोयल इन्फील्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले प्रदान गरेका थिए ।
सोहि अवसरमा अल्फा अटोमोटिभले ‘सर्भिस मेइस्ट्रो’ पनि लन्च गरेको छ । सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहाक माहानुभावहरुले हरेक बर्षको चार सभिसीब्मा पार्टस, मर्मतसम्हार लगाएतका सेवामा बिशेष छुट एंवम
सौलियत प्राप्त गर्न सकीने, अल्फा अटोमोटिभ प्रा.ली.का डाइरेक्टर मेघराज पैडेलले बताएका छन्।