भारतीय राजदूतावासको नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौं र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरे । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव (प्रेस, सूचना र संस्कृति)) नवीन कुमारको उपस्थिति थियो।

कार्यक्रममा ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

सो अवसरमा प्रेस, सूचना तथा संस्कृति सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेको बताए ।

कार्यक्रममा भारतका कलाकारहरू गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति गरेका थिए । सो अवसरमा भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स