आइएमई पे एपबाट आईएलट्स टेस्टको शुल्क भुक्तानीमा अब २ हजार रूपैयाँ छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आईएलट्स टेस्टको शुल्क भुक्तानीमा १ हजार रूपैयाँ छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो।

सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आईएलट्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार रूपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार रूपैयाँ छुट सुविधा निरन्तर चलिरहने छ ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आईएलट्स परिक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आईएलट्स को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईएलट्स युकेभीआई को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स् ए१ए२, बी१ को निम्ती भुक्तानी गर्न सक्नेछन्।

आइएमई पे एपबाट आईएलट्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘आईएलट्स टेस्ट बुकिङ’ मा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स