काठमाडौं । बोटलर्स नेपालको संचालक समितिको निर्णय अधिकारीक जानाकारी नगराई व्यक्तिगत रुपमा बाहिर ल्याएको भन्दै कारवाही भएको छ । संचालक समितिले लाभाशं वितरण नगर्ने निर्णय गरेको तर त्यसको आधिकारीक जाकारी गराउन ढिलाई भएको थियो ।
त्यो अवधीमा सूचना भने बाहिर आइसकेको थियो । त्यो इनसाइटर सूचनाले सेयरबजार किनबेचमा समेत चलखेको आरोप छ ।
बोटलर्स नेपाल बालाजुले मंसिर ५ गते सञ्चालक समिति बैठक राखेर आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको तर मंगलबार मात्र जानकारी गराएको भन्दै कारबाही गरेको नेप्सेले जनाएको छ ।
नेप्सेले कम्पनीको सूचीकरण र कारोबार स्थगन गर्नुका साथै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
धितोपत्र सूचीकरण विनियमावलीमा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने हुन्छ ।