लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

गण्डकी । सहकारी ठगी एवम् संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन् । उनलाई त्यसपछि अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौं र चितवन समेत लगेर बयान लिइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स