बेइजिङ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारी बीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओली जुन ‘परिस्थिति’ मा चीन उडेका थिए, त्यसका सीमालाई चिनियाँ पक्षले बुझेको देखिन्छ । राष्ट्रपति सी जिनपिङ भेट्दैछन्, त्यहाँ अपवादजन्य केही नयाँ कुरा नआएमा यो सहमति तथा समझदारीपत्रका नौ बुँदा नै ओली भ्रमणको औचित्यलाई आकार दिने विषयवस्तु बन्नेछन् ।
बेइजिङ स्रोतले भ्रमणकै बीचमा थप विषयहरु पनि प्रवेश गर्न सक्ने बतायो, यद्यपि प्रधानमन्त्री स्तरको भेटवार्तामा नपरेका एजेन्डा छुट्टै सम्झौता हुन सक्ने सम्भावना विरलै हुन्छ ।
चीनसँग सन् २०१७ मै भएको बीआरआईको एमओयुलाई कार्यान्वयन सम्झौतासम्म लैजान तयार नभए पनि नेपालमा सत्तारुढ कांग्रेस र एमालेले खुब मेहनत गरेर फ्रेमवर्क समझदारीपत्र बनाएका थिए । त्यहाँभित्र उल्लेख भएका थुप्रै विषय सहमतिमा परेका छन् ।
मदन भण्डारी विश्वविद्यालय लगायत यहाँ सहमति भएका विषय नौ बुँदे सहमतिमा अटाएका छैनन् । अनि उक्त फ्रेमवर्क स्वयंको अस्तित्वलाई चीनले कति पहिचान गरिदियो भन्ने स्पष्ट हुन सकेको छैन ।