कार्तिकमसान्तसम्म कुल बीमा व्यवसाय ६८ अर्ब नाघ्यो

काठमाडौं । देशमा सञ्चालित बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको कार्तिकमसान्तसम्म कुल ६८ अर्ब १ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको सोहि अवधिमा ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीहरूले चालु आर्थिक वर्षको कार्तिकमहिनासम्म गरेको व्यापार गत आवको सोहि अवधिको तुलनामा ९.३६ प्रतिशतले बढी हो ।

कम्पनीहरूले गरेको व्यवसायमध्ये ५३ अर्ब ६५ करोड २२ लाख रुपैयाँ जीवन बीमा शुल्क हो भने १४ अर्ब ३५ करोड ८६ लाख निर्जीवन बीमा व्यवसाय हो ।

यो अवधिमा जीवन बीमा कम्पनीहरूले १० अर्ब ९६ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् भने बीमा पोलिसी नवीकरणबाट ४२ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स