मन्त्री परिषद्को निर्णयः एसियाली विकास बैंकको ऋण स्वीकार गर्नेदेखि यस्ता भएका छन् निर्णय

काठमाडौं । मन्त्रीपरिषदले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनका लागि एसियाली बैंकबाट प्राप्त हुने थप ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत ग्रीडको एसियाली विकास बैंकको ऋण स्वीकार गर्ने निर्णय गरहेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई विदेश भ्रमणका लागि स्वीकृति दिएको छ । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रय संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन आयुक्त इजिप्ट जाने निर्णय भएको हो ।

बैठकले एसियन अफ्रिकन लिगल कन्सनटेटिभ अर्गनाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

त्यसरी नै मोरोक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सागर कुमार राईलाई सहभागी हुन स्वीकृत दिएको छ ।

नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्सदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स