काठमाडौं । पछिल्लो समय गहुँको अभाव भैरहेको छ । मैदा उद्योगहरुमा तथा अन्यन्त्र समेत आँटाको रुपमा प्रयोग गर्न गहुँ देशभर अभाव छ । सरकारले कोटा प्रदान गरेर सहजीकरण गर्ने तयारी गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार चालू आर्थिक वर्षको लागि कोटा प्रदान गर्ने तयारी गरिएको हो । जुन निर्णय आजको मन्त्रीपरिषदको बैठकले समेत गर्न सक्ने मन्त्रालयको ती अधिकारी बताउँछन् । यदि
कोटा प्रदान गरिएको खण्डमा वाणिज्य विभाग माफर्त हुनेछ ।
उद्दपी आज मन्त्री मन्त्रीपरिषद् बैठक भने तय भएको छ ।
दिउँसो ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रीपरिषद्मा यस अघि नै कोटा सम्बन्धमा प्रस्ताव पेश भैसकको छ । निर्णय हुनसक्ने प्रवल संभावना रहेको देखिन्छ ।
आजको बैठकले त्यसका अलवा प्रधानमन्त्रीको चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे छलफल तथा निर्णय गर्ने सम्भावना छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग ओलीको भेटवार्ता १८ मंसिरमा