नेपाली सेनाद्वारा सालको काठ तस्कर गर्ने ७ जना पक्राउ

काठमाडौं । नेपाली सेनाले काठ तस्कर पक्राउ गरेको छ । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैना नेपाली सेना तथा निकुञ्ज प्रशासनसहितको संयुक्त टोलीले ७ जना काठ तस्कर पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १९ स्थित बाघफाँटा वैजना मन्दिर ईलाकामा अवैध रुपमा सालको गोलिया गोटा–३ (९०.९८ क्यू.फिट० लैजादै गरेको अवस्थामा ती ७ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स