संघ, प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटको ढाँचा परिवर्तन गर्दै वित्त आयोग

काठमाडौं । समग्र उठेको राजस्व तीनै तहको सरकारमा वितरण गर्ने ढाँचा तय भएको छ । वित्तिय संघीयता कार्यान्वयन पनि राजस्व बाँडफाँट गरेर स्रोत व्यवस्थापन हुँदै आइरहेको छ ।

अबभने उक्त ढाँचाको संशोधनको तयारी भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ को तफा १५ को उपदफा २ बमोजिम परिवर्तन गर्न लागिएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार बाँडफाँटको ढाँचा हरेक ५ वर्षमा परिवर्तन गर्नुपर्ने भनिएको छ । जस अनुसार संशोधनेको तयारी भएको हो ।

पाँचवर्षको आधार र ढाँचाको आधारमा पुनरावलोकन गरी आयोगकले सरकार समक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । सोहि बमोजिम नयाँ ढाँचा परिवर्तन गर्न लागिएको हो ।

त्यसको लागि सरोकारवालाको सुझाव समेत समावेश गरिने भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स