यस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ

काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत हो । अस्ट्रेलियन डलर, कुबेती दिनार, युरो, पाउन्डसहितका धेरैजसो मुद्राको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ ।

यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७४ रुपैयाँ ०४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स