ठगी कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका–१५, लालीगुराँस टोल ठेगाना भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बस्दै आएका थिए । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा प्राप्त सूचनाको आधारमा खटिएका प्रहरीले काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।

उनी विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका, चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएको छ । उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, दाङ पठाईएको उक्त ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स