नेपाल महिला चेम्बरको ‘रिदम एण्ड सोल’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल महिला चेम्बरले ‘रिदम एण्ड सोल’ कार्यक्रम सम्पन्न गरेको छ । भव्य प्रस्तुतीबीच शुक्रबार तेस्रो चरणको ‘रिदम एण्ड सोल’ कार्यक्रम गरेको हो ।

सुशीला आर्ट एकेडेमीसँगको सहकार्यमा कार्यक्रम आयोजना भएको महिना चेम्बरले जनाएको छ ।

उद्यमशीलताको अभिवृद्धि र विकासका लागि यस्तो कार्यक्रम आयोजना भएको छ । नेपाल चेम्बरले यस्तो प्रकारको काम गर्नु सर्हानिय रहेको सरोकारवालाको प्रतिक्रिया आएको छ ।

उक्त कार्यक्रममा कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरणको उदेश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी जानाकारी दिइन् ।

रुसी सांस्कृतिक केन्द्रमा आयोजना भएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको गतिशील नेतृत्वमा महिला चेम्बरले असाधारण काम गर्दै आएको चर्चा गर्दै आभार व्यक्त गरे। महिला भएर पुरुष भन्दा निकै सफल रहेको भन्द्र उनले प्रशंसा गरेका थिए । साल्ट ट्रेडिङ जस्तो संस्थालाई निकै सफल बनाएको उनको भनाई थियो ।

शुक्रबार साँझ भएको कार्यक्रममा नृत्य र सांगीतिक जस्ता लाभेलाग्दो कला प्रस्तुती भएको थियो ।
सुशीला आर्ट एकेडेमीका कलाकारहरूले कला र सांस्कृतिक प्रस्तुतिको उत्कृष्ट प्रदर्शनगरेका थिए ।

यस कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मुख्य प्रायोजन गरेको थियो अन्य प्रयोजकमा सिद्धार्थ बैंक , रियल जुस,काठमाडौं गेष्ट हाउस, एयर अरेबिया जस्ता संस्थाहरु रहेका थिए । करिव १ सय ५० जना कार्यक्रममा सहभागी रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स