सन्दीप लामिछाने परे ‘ए’ ग्रेडमा, मासिक १ लाख तलब पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले लामिछानेलाई सबै भन्दा माथिल्लो ग्रेडमा राख्ने निर्णय गरेको हो ।
सन्दीप बलात्कार मुद्दामा निलम्बन रहँदा उनी ग्रेडबिहिन थिए ।

उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।

ए ग्रेडमा अब सन्दिपसँगै  रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहने छन् ।
ए ग्रेड मा रहने खेलाडीले मासिक १ लाख रुपैयाँ तलब पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स