काठमाडौं । मंगलबार ह्वात्तै बढेको सुनको मूल्य आज भने घटको छ । आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४२ हजार ७ सय रुपैयाँ प्रतितोला पुगेकोमा बुधबार १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै गरि चाँदीको मूल्यसमेत घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ पुगेकोमा आज १ हजार ८ सय २५ रुपैयाँ कायम भएको छ ।