यसै दशकमा चन्द्रमामा मानिस बस्न सक्ने नासाको अपेक्षा

काठमाडौं । यसै दशकमा मानिस चन्द्रमामा लामो समयसम्म बस्न सक्ने अपेक्षा नासाले गरेको छ । नासाका एक अधिकारीले नासाका लागि ओरायन चन्द्र अन्तरिक्ष यान कार्यक्रमको नेतृत्व गर्न अन्द्रमामा मानिस बस्न सक्ने बताएका हुन् । हावर्ड हुले वैज्ञानिक कार्यका लागि सहयोग गर्न चन्द्रमामा बस्नुपर्ने आवश्यकता हुनसक्ने उनको भनाइ छ ।

उनले सन्डे विथ लरा कुन्सबर्ग कार्यक्रममा ओरायनलाई बोक्ने आर्टिमिस रकेटको बुधवार गरिएको प्रक्षेपण ‘मानव अन्तरिक्ष उडानका लागि ऐतिहासिक दिन थियो’ भने । ओरायन हाल चन्द्रमाबाट लगभग एक लाख ३४ हजार किलोमिटरमा रहेको छ ।

एक सय मिटर अग्लो आर्टिमिस रकेट नासाको अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीको उपग्रहमा फेरि पठाउने अभियानको एक हिस्साका रूपमा केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण भएको हो । रकेटको सबैभन्दा माथि ओरायन अन्तरिक्ष यान छ ।

पहिलो यात्राका क्रममा उक्त यान अहिले मानवरहित छ तर त्यसमा मानव शरीरमा उडानले पार्ने प्रभावहरूको विवरण राख्ने प्रविधि जडान गरिएको छ ।

पछिल्लो प्रक्षेपण गत अगस्ट र सेप्टेम्बरमा गरिएका अघिल्ला दुई प्रक्षेपण प्रयासहरूकै निरन्तरता हो । तर अघिल्ला ती प्रक्षेपणहरूलाई प्राविधिक समस्याका कारण ‘काउन्टडाउन’का क्रममा रद्द गरिएको थियो। बीबीसी

हुले लरा कुन्सबर्गलाई आर्टिमिस प्रक्षेपणका क्रममा त्यो माथि उठेको हेर्नु ‘अविश्वसनीय अनुभूति’ र ‘सपना’ जस्तो भएको बताए । ‘हामीले दीर्घकालीन र सुदूरअन्तरिक्ष खोज गर्ने क्रममा यो पहिलो कदम हो, यो संयुक्त राज्य अमेरिकाका लागि मात्र होइन, विश्वकै लागि हो,’ उनले भने ।

यो नासाको लागि एक ऐतिहासिक दिन हो। अनि, मानव अन्तरिक्ष उडान र सुदूर अन्तरिक्ष खोजीमा चासो राख्ने सबैका लागि पनि यो ऐतिहासिक मानिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स