१७ औं शताब्दीकी महिला जो चिहानबाट नउठोस् भनेर घाँटीको फेरोमा हँसिया राखिनथ्यो

एजेन्सि । हालै गरेको एउटा पुरात्तवविदको अध्ययनले एउटा महिलाको अनौठो अस्तिपञ्जर फेला पारेको छ् । १७ औंं शताब्दीको पोल्यान्डको एउटा चिहान उत्खन्न गर्दा उक्त दृश्य फेला परेको हो ।

उक्त अध्ययनको अगुवाइ गरेका द्यारिउस पोलेन्सिकिले अस्तिपञ्जर महिलाको र उनी १७ औं शताब्दीकी हुन् भनेर बताए । पोलेन्सिकि निकोलस कोपर्निकस विश्वविद्यालयका प्रोफेसर पनि हुन् ।

त्यति बेलाको समयमा मानिसले उनलाई पिचाश मानेको र उनलाई गाडेकोे ठाउँबाट फेरी उठेर नआओस् भनेर उनको घाँटीको ठिक माथि ठूलो खुर्पालाई उनको घाँटीतिर फर्काएर राखिएकोे बताए । त्यसरी हँसिया राखेपछि ती महिला चिहानबाट फर्कन खोज्दा हँसियाले उनको शिर छुट्याउने भएकाले त्यसरी हँसिया राखेको प्रोफेसरले बताए । उनको खुट्टामा पनि फलामको सिक्रीले बाधेको छ ।

त्यतिबेलाको समयमा मानिस भुत, प्रेत, पिचास, बोक्सीमा अत्याधिक विश्वास गर्ने र डराउने गदर्थे । ११ औंं शताब्दीमै मानिसहरु भुत, प्रेत, पिचासदेखि अत्याधिक डराउने त्यसबाट बच्नको लागि विभिन्न खालको पूजा, पाठ र संस्कारहरु विकास गर्न लागे । चिहानमा गाडिएको मानिसलाई घाँटी माथि खुर्पा राख्नु र खुट्टामा फलामको सिक्रीले बाँध्नु त्यस्तै एउटा चलन थियो ।

त्यस्तै दृश्य १७ औं शताब्दीकी पोल्यान्डकी महिलामा देखिएको हो । उनको घाँँटीमा ठुलो खिया लागेको खुर्पा छ भने खुट्टामा फलामको सिक्रीले बाधिएको छ ।

यस्ता पुरातत्व विशलेषण र अध्ययनले मानिसको पुस्ता, विकास र सोच कस्तो थियो भनेर पत्ता लगाउन मदत गर्दछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स