भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित विद्यालय भवनको उद्घाटन

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरे । नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको उपस्थिति थियो ।
२. शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु ३ करोड ४० लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक हो ।
३. श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको एक पुरानो विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्नेछ ।
४. सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।
५. भारत र नेपालबीच लामो समयदेखिको बलियो विकास साझेदारी रहिआएको छ जसले दुई देशबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स