नेशनल लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको कार्तिक ८ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्त पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव यस नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्त पुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६८५.९९ रूपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स