आरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्त पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकलेट स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स