स्वावलम्बन लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स