नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १५ हजार ६६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको हो । इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स