सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीले उक्त सेयर यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयावधिसम्म संस्थापकहरूले सेयर खरिद नगरेपछि पुन सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो । उक्त सेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स