सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहका नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।

यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

इच्छुकले संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।

उक्त म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स