कालिका लघुवित्तको नाफामा छलाङ, अन्य सूचकांक कस्ता ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत मात्र बढेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ । सो कारण लघुवित्तको सञ्चालन मुनाफा १७४ प्रतिशत र खुद नाफा १३४ प्रतिशत बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ।

गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।

३७ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोडको कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स