मेरो माइक्रोफाइनान्सको नाफा २२ करोड, अन्य सूचकांक कस्तो ?

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरिमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधमिा लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेको छ ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा झरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ । लघुवित्तले सो अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशत र कर्जा ०.४८ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स