फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाख रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्स १७ करोड ४२ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षमा १९ करोड ८१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।

माइक्रोफाइनान्सको खुद नाफा १२.०४ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख ७५ हजार रुपैयाँमा आएको छ ।

सञ्चालन नाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ ।

यता, यसको वितरणयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्छ । यसको प्रतिसेयर आम्दानी १४.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १३४.७६ रुपैयाँ छ । एनपीएल २.०७ प्रतिशत कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स