समता घरेलु लघुवित्तको करिब १५ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता घरेलु लघुवित्तको करिब १५ लाख सेयर सूचीकृत भएको छ ।

शुक्रबार लघुवित्तको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको समता घरेलु लघुवित्तले मनकामना स्मर्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा थपिएको हो ।

उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनुका लागि साउन १८ गतेको निर्णयानुसार समता घरेलु लघुवित्तको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

योसँगै मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स