आरएसडीसी लघुवित्तको नाफा १४ करोड ६६ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वार्षिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलानामा ३६.४७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद ब्याज आम्दानी १५.२२ प्रतिशतले घटेर २४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २० करोड ९४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलानामा ३५.१२ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १५ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.३१ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको एनपीएल १.४ प्रतिशत मात्र थियो।

कम्पनीको सञ्चित कोषमा १६ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६ करोड ७६ लाख रुपैयाँ छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चित कोषमा १२ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७ करोड ९३ लाख रुपैयाँ थियो।

समीक्षाअवधिमा कम्पनीले ५ अर्ब ३५ करोड रुपैयाँ सपाटी लिएर ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ८२ करोड रुपैयाँ सापटी लिएर अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.५३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष भने ईपीएस १२.३६ रुपैयाँ थियो। पीई रेसियो ४४.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १२४.५ रुपैयाँ छ।

कम्पनीको चुक्तापुँजी ९४ करोड ४३ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

हेडलाइन्स