काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो ।