सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री

काठमाडौं । एएनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । बैंकले ल्याएको न्यूनतम २९४ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । यसमा जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआर्इसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स