सबैको र साधना लघुवित्तबीच मर्जरका लागि गरे अन्तिम सम्झौता

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यिनीहरुले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

सन् २०१७ अक्टोबर ३० देखि सञ्चालनमा आएको साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । यता सन् २०१७ जुलाई १४ देखि सञ्चालनमा आएको सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स